दफा ३६
लिखत मान्य हुने
(१) यस परिच्छेद बमोजिम दस्तखत वा ल्याप्चे सहीछापभएकोमा कानूनको अधिनमा रही त्यस्तो लिखत जुनसुकै प्रयोजनका लागि मान्य भई कानून बमोजिम कार्यान्वयन हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कुनै निकायबाट प्रमाणित वा पारित गर्नु पर्ने वात्यस्तो निकायमा अभिलेख रहने वा त्यस्तो निकायबाट कार्यान्वयन हुने वा विनिमेय अधिकारपत्र मार्फत् वा बैङ्क तथा वित्तीय संस्थासँग कारोबार हुने वा सार्वजनिक सूचना गरेको बोलपत्र बमोजिमका करार, ठेक्कापट्टा बाहेकका यस परिच्छेद बमोजिम दस्तखत वा ल्याप्चे सहीछाप गर्नु पर्ने पचासहजार रुपैयाँभन्दा बढी रकमको वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो रकममा नघट्ने गरीनिर्धारण गरेको रकमभन्दा बढी रकमको नेपालभित्र घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षहरू स्थानीय तह वास्थानीय तहको वडा समितिको कार्यालयमा उपस्थित भई सक्कल लिखतको शिरमा त्यस्तो कार्यालयबाट प्रमाणित गराउनुपर्नेछ र त्यसरी प्रमाणित गर्दा लिखतमा लिखतका कारणीहरूलाई प्रमाणित गर्ने कार्यालयले सहीछाप गराउनु पर्नेछ।तर पक्षहरूले चाहेमा पचास हजार रुपैयाँभन्दा कमको घरसारको लिखत पनि यस दफा बमोजिम प्रमाणित गराउनसक्नेछन् ।
(३) उपदफा (२) बमोजिम लिखत प्रमाणित गराउन आएमा सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयलेपनि लिखतका पक्षहरूको नाम, थर, ठेगाना, लिखत भएको मिति र लेनदेन भएको रकम वा लिखतमा उल्लेख भएको बिगो समेतखुलाई अभिलेख राखी त्यस्तो लिखत त्यसै दिन प्रमाणित गरिदिनु पर्नेछ ।
(३क) यो उपदफा प्रारम्भ हुँदाका बखत उपदफा (२) बमोजिम सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयबाट प्रमाणित नगराइएका लेनदेन कारोबारका लिखतहरू यो उपदफा प्रारम्भ भएको मितिले छ महिनाभित्र प्रमाणित गराउनु पर्नेछ।
(३ख) उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भए तापनि लेनदेन कारोबारको कुनै पक्ष बिरामी परी वा शारीरिक वा मानसिक अशक्तताको कारणले आफै उपस्थित हुन नसक्ने भएमा त्यस्तो पक्षको हकमा निजको हकवाला वा संरक्षकले _ त्यस्तो लिखत प्रमाणित गराउन सक्नेछ।
(३ग) उपदफा (३क) र (३ख) बमोजिम लेनदेन कारोबारको लिखत .प्रमाणित गर्नुअघि सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले त्यस्तो लिखत बमोजिमको कारोबारको सत्यता सम्बन्धमा आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(३घ) उपदफा (३क) बमोजिम प्रमाणित गराउने प्रयोजनको लागि लेनदेनको कुनै एक पक्ष उपस्थित नभए तापनि त्यस्तो लेनदेन कारोबारको यथार्थता बुझी सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले प्रमाणित गरिदिनु पर्नेछ।
(३ङ) उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भए तापनि लेनदेन कारोबारको कुनै पक्ष नेपालबाहिर रहेको अवस्थामा निज फर्की आएको मितिले छ महिनाभित्र लेनदेन कारोबारको लिखत प्रमाणित गराउनु पर्नेछ।
(४) उपदफा (३) वा (३क) बमोजिम लिखत प्रमाणित गर्दा स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले बढीमा दुई सयरुपैयाँसम्म दस्तुर लिन सक्नेछ ।
(५) यस दफा बमोजिम रीत नपुगेको लिखत अदालतबाट कार्यान्वयन हुने छैन ।
(६) सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले यस दफा बमोजिम लिखत प्रमाणित गरी अभिलेख राखु पर्नेछ।